![बागलुङको ढोरपाटनमा वर्षा र हिमपात हुँदा कृषक खुशी](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Baglung-Dhorpatan-Snowfall_Himpat.jpg?fit=906%2C469&ssl=1)
काठमाडौँ, कार्तिक २३ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
मौसम विश्लेषण
हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको असर छैन ।
हाल मौसमको अवस्था
हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
२०७८ कार्तिक २३ गते (मंगलबार)
दिउँसो
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
राती
देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
२०७८ कार्तिक २४ गते (बुधबार)
दिउँसो
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
राती
देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
२०७८ कार्तिक २५ गते (बिहिबार)
दिउँसो
देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
राती
देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
प्रदेश न १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।