६ बैशाख २०८१, बिहिबार

२०७८ साल कार्तिक ९ गते मंगलबार देशभर आजको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

काठमाडौँ, कार्तिक ९ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ ।

दिउँसो

देशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र तराईका भु-भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ । देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती

देशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र तराईका भु-भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हिमपातको समेत सम्भावना रहेकोले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सावधानी अपनाउनुहुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !