१२ बैशाख २०८१, बुधबार

यस्तो छ आगामी तीन दिनको देशभरको मौसम पूर्वानुमान


आजदेखि मौसम सफा

काठमाडौँ, असोज २९ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल देशको पुर्वी भुभागमा उत्तरपश्चिमी बंगालको खाँडीमा अवस्थित निम्न चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

२०७८ आश्विन २९ गते (शुक्रबार)

दिउँसो

देशको प्रदेश नं १, प्रदेश नं २, प्रदेश र बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र बाग्मती पहाडी भुभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

देशको प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र बाग्मती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७८ आश्विन ३० गते (शनिबार)

दिउँसो

देशको प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, प्रदेश नं २ र बाग्मती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश नं २ र बाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७८ आश्विन ३१ गते (आइतबार)

दिउँसो

देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश नं २, बाग्मती प्रदेश, सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै कर्णाली प्रदेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती

देशभर सामान्य बदली रहनेछ । सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा साथै प्रदेश १, प्रदेश नं २ र बाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको प्रदेश नं १, प्रदेश नं २, प्रदेश र बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र बाग्मती पहाडी भुभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !