५ आश्विन २०८१, शनिबार

२०७८ साल असोज १६ गते शनिबार देशभर आजको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

काठमाडौँ, असोज १६ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

अहिले भारतको दक्षिण बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेको छ ।

हाल मौसमको अवस्था

हाल देशभर आंशिक देखि सामान्य बदलीको रहेको छ । बागमती, गण्डकी, प्रदेश नं २ र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

दिउँसो

देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश २ का धेरै र अरु प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती

देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का धेरै स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशभर आन्शिक देखि सामान्य बदली रही प्रदेश २ का धेरै तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त स्थानहरुका पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !