५ आश्विन २०८१, शनिबार

काठमाडौं उपत्यकामा चर्को घाम लाग्न शुरु


आजदेखि मौसम सफा

काठमाडौं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भागबाट दक्षिणतिर लागेसँगै मनसुन निस्क्रिय भएको छ । मनसुनको उत्तरार्धमा ठूलाे पानी पर्ने क्रम रोकिएसँगै काठमाडौं उपत्यकामा चर्काे घाम लाग्न थालेको छ ।

मौसमविद्का अनुसार नेपालमा मनसुन निस्क्रिय भइसकेको र न्यून चापीय प्रणालीको पनि त्यतिधेरै प्रभाव नरहेकाले ठूलो पानी पर्ने सम्भावना छैन । नेपालमा तीन दिनको मात्र मौसम पूर्वानुमान गरिन्छ । त्यसैले मनसुन कहिले अन्त्य हुन्छ भनेर मौसमविद्ले आँकलन गरिसकेका छैनन् ।

यस वर्षदेखि संशोधित तालिका अनुसार औसतमा २ अक्टुबरसम्म मनसुन अन्त्य भइसक्नुपर्छ । मनसुन अन्त्यको अवधि यसअघि २३ सेप्टेम्बर रहे पनि पछिल्लो १० वर्षको ट्रेन्डका आधारमा नयाँ तालिका बनाइएको थियो ।

नेपालमा २८ जेठमा मनसुन भित्रिएको थियो । यस वर्षको मनसुनले सबैभन्दा ठूलो विपत्ति सिन्धुपाल्चोकको मेलम्चीमा निम्त्याएको छ ।मनसुन अन्त्य भएपछि नेपालमा खासै वर्षा हुँदैन । पाेस्ट-हिउँदपछि हिउँदेयाम सुरु हुन्छ । हिउँदमा हल्कादेखि मध्यम वर्षा हुने भए पनि ठूलाे वर्षाकाे सम्भावना भने न्यून हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !