काठमाडौँ, असोज ३ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
(बिहान ६ बजे)
मौसम विश्लेषण
हाल नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको छ ।
हाल मौसमको अवस्था
हाल देशभर सामान्यतया सफा देखी आंशिक बदली रहेको छ ।
२०७८ आश्विन ३ गते (आइतबार)
दिउँसो
देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती
देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ । प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ ।
२०७८ आश्विन ४ गते (सोमबार)
दिउँसो
देशभर आंशिक देखि सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती
देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूका केही स्थानहरुमा र अन्य प्रदेशहरूका एक-दुई स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ ।
२०७८ आश्विन ५ गते (मंगलबार)
दिउँसो
देशभर आंशिक देखि सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती
देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूका केही स्थानहरुमा र अन्य प्रदेशहरूका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशभर आंशिक देखि सामान्य बदली सबै प्रदेशका केही-केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त स्थानहरुका पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।