काठमाडौँ, श्रावण ३ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
(बिहान ६ बजे)
मौसम विश्लेषण
मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ ।
हाल मौसमको अवस्था
हाल देशभर सामान्य देखि पुर्ण बदली रही गण्डकी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।
दिउँसो
देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । साथै सुदुरपश्चिम प्रदेश तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
राती
देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी, लुम्बिनी र सुदुरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । साथै सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
सुदुरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती तथा प्रदेश १ का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । साथै सुदुरपश्चिम र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा विभागले अनुरोध गरेको छ ।