१४ बैशाख २०८१, शुक्रबार

२०७८ साल जेठ ३० गते आइतबार देशभर आजको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

काठमाडौँ, जेठ ३० । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल देशमा प्रदेश १ देखि लुम्बिनी प्रदेशको पूर्वी भू-भाग सम्म मनसुनी वायुको प्रभाव रहेको तथा बाकी भू-भागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा वर्षा भईरहेको अवस्था छ ।

दिउँसो

देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

साँझ

देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !