८ पुस २०८१, सोमबार

यस्तो छ आगामी तीन दिनको देशभरको मौसम पूर्वानुमान


मौसम

काठमाडौँ, जेठ २८ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल देशको पुर्वी भूभागमा पूर्वीय वायु तथा मध्य र पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ जेठ २८ गते (शुक्रबार)

दिउँसो

देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, वागमती प्रदेश, लुम्विनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक दुइ स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

साँझ

देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, वागमती प्रदेश, लुम्विनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक दुइ स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

२०७८ जेठ २९ गते (शनिबार)

दिउँसो

देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, वागमती प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक दुइ स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

साँझ

देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ को एक दुई स्थानमा भारी बर्षाको पनि संभावना रहेको छ ।

२०७८ जेठ ३० गते (आइतवार)

दिउँसो

देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक दुइ स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

साँझ

देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र लम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा प्रदेश १, वागमती प्रदेश, लुम्विनी प्रदेश र सुदुरपश्चिम प्रदेशका भू-भागका एक दुइ स्थानहरुमा भारी बर्षाको समेत सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !