८ बैशाख २०८१, शनिबार

यस्तो छ आगामी तीन दिनको देशभरको मौसम पूर्वानुमान


मौसम

काठमाडौँ, जेठ २४ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल देशमा पश्चिमी /पूर्वी वायु र स्थानीय वायुको सामान्य प्रभाव छ ।

हाल मौसमको अवस्था

हाल देशका केहि पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने अन्य स्थानहरू सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ जेठ २४ गते (सोमबार)

दिउँसो

प्रदेश १,२ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १, २, बागमती प्रदेश, गण्डकीका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ ।

२०७८ जेठ २५ गते (मंगलबार)

दिउँसो

प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १, फ्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरे स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७८ जेठ २६ गते (बुधबार)

दिउँसो

देशभर आंशिक देखी सामान्य बदली रहनेछ । प्रदेश १, फ्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनि प्रदेशका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती

देशभर आंशिक देखी सामान्य बदली रहनेछ । प्रदेश १, फ्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनि प्रदेशका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !