१२ बैशाख २०८१, बुधबार

यस्तो छ आगामी तीन दिनको देशभरको मौसम पूर्वानुमान


मौसम

काठमाडौँ, जेठ २१ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव छ ।

हाल मौसमको अवस्था

हाल बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ जेठ २१ गते (शुक्रबार)

दिउँसो

प्रदेश १, प्रदेश २ र बागमी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहनेछ । पहाडी भूभागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती

पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ र बांकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ ।

२०७८ जेठ २२ गते (शनिबार)

दिउँसो

प्रदेश १ र लुम्विनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ र बांकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७८ जेठ २३ गते (आइतबार)

दिउँसो

पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १ र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

पहाडी भूभागका एक दुइ स्थानमा स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !