१३ बैशाख २०८१, बिहिबार

यस्तो छ आगामी तीन दिनको देशभरको मौसम पूर्वानुमान


मौसम

काठमाडौँ, जेठ १८ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको विहार तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ ।

हाल मौसमको अवस्था

हाल प्रदेश १, वागमती, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली र देशका अन्य भू-भागहरुका स्थानहरुमा आंशिक बदली रही प्रदेश १, वागमती, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेश एक दुइ स्थानहरुमा हल्का वर्षा भएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ जेठ १८ गते (मंगलबार)

दिउँसो

देशका अधिकांश भू-भागमा सामान्य बदली रहनेछ । देशभर केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वागमती, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका एक दुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।

राती

प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली र वाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश प्रदेश १ का थोरै स्थानहरु र बाँकी प्रदेशमा एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का सम्भावना रहेको छ ।

२०७८ जेठ १९ गते (बुधबार)

दिउँसो

प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली र वाँकी स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १ लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती

प्रदेश १ लगायत देशका पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७८ जेठ २० गते (बिहिबार)

दिउँसो

प्रदेश १ लगायत देशका पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहनेछ । प्रदेश १ का केही स्थानहरु र अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन /चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ ।

राती

प्रदेश १ मा आंशिक देखी सामान्य बदली र अन्य प्रदेहका पहाडी भूभागहरुमा आंशिक बदली रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !