८ बैशाख २०८१, शनिबार

यस्तो छ आगामी तीन दिनको देशभरको मौसम पूर्वानुमान


मेघ गर्जन/चट्टयाङ्/हावाहुरी सहित वर्षाको सम्भावना मौसम

काठमाडौँ, जेठ १३ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल देशमा बंगालको खाडीमा रहेको यास (YAAS) नाम गरिएको चक्रवातको आंशिक प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ।साथै प्रदेश १, प्रदेश २ बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा वर्षा भईरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ जेठ १३ गते (विहीबार)

दिउँसो

देशभर सामान्य देखि पूर्णतया बदली रहने छ । प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केहि स्थानहरूमा र बाकी प्रदेशका एक वा दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशका हिमाली/ उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ ।

राती

देशभर सामान्य देखि पूर्णतया बदली रहने छ । प्रदेश १, प्रदेश २, बागमती तथा गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती, तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी, बागमती र प्रदेश १ का हिमाली/ उच्च पहाडी भूभागका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ।

२०७८ जेठ १४ गते (शुक्रबार)

दिउँसो

देशभर सामान्य देखि पूर्णतया बदली रहने छ । देशका अधिकांश स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । देशका हिमाली/ उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ ।

राती

देशभर सामान्य देखि पूर्णतया बदली रहने छ । देशका अधिकांश स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । देशका हिमाली/ उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ ।

२०७८ जेठ १५ गते (शनिबार)

दिउँसो

देशभर सामान्य देखि पूर्णतया बदली रहने छ । देशका केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । देशका हिमाली/ उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ ।

राती

देशभर आँशिक देखि सामान्य बदली रहने छ । पहाडी भेगका केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ । देशका हिमाली/ उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशको एक वा दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, बागमती र प्रदेश १ का हिमाली/उच्च पहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !