१३ बैशाख २०८१, बिहिबार

यस्तो छ आगामी तीन दिनको देशभरको मौसम पूर्वानुमान


मेघ गर्जन/चट्टयाङ्/हावाहुरी सहित वर्षाको सम्भावना मौसम

काठमाडौँ, जेठ ३ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली को प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ जेठ ३ गते (सोमबार)

दिउँसो

देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

देशभर सामान्य बदली रही देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

२०७८ जेठ ४ गने (मंगलबार)

दिउँसो

देशभर सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७८ जेठ ५ गने (बुधबार)

दिउँसो

देशभर सामान्य बदली रहनेछ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि र प्रदेश १ तथा प्रदेश २ का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती

देशभर सामान्य बदली रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि र प्रदेश १ तथा प्रदेश २ का थोरै स्थानहरुमा त मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !