१३ बैशाख २०८१, बिहिबार

२०७८ साल बैशाख ११ गते शनिबार देशभर आजको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

काठमाडौँ, बैशाख ११ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ ।

हाल मौसमको अवस्था

हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बादली रहेको छ । अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ । सुदुरपश्चिम र कर्णाली प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा भई रहेको छ ।

बिहान

देशको सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका साथै बाँकी पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

देशका पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतय सफा रहनेछ । पहाडी भू-भागको थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !