७ बैशाख २०८१, शुक्रबार

यस्तो छ आगामी तीन दिनको देशभरको मौसम पूर्वानुमान


मेघ गर्जन/चट्टयाङ्/हावाहुरी सहित वर्षाको सम्भावना मौसम

काठमाडौँ, वैशाख ४ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल देशमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको पनि प्रभाव रहेको देखिन्छ ।

हाल मौसमको अवस्था

हाल देशको सूदुर पश्चिम प्रदेश र प्रदेश १ मा सामान्य बदली तथा अन्य प्रदेशहरुको पहाडी भू-भागमा आंशिक बादली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ बैशाख ४ गते (शनिबार)

दिउँसो

देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केहि स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राती

देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

२०७८ बैशाख ५ गते (आइतबार)

दिउँसो

देशको प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरुमा र अन्य प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राती

देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

२०७८ बैशाख ६ गते (सोमबार)

दिउँसो

देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्हतिर मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राती

देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका पहाडी भू-भागका केहि स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !