६ जेष्ठ २०८१, आइतबार

यस्तो छ आगामी तीन दिनको देशभरको मौसम पूर्वानुमान


मेघ गर्जन/चट्टयाङ्/हावाहुरी सहित वर्षाको सम्भावना मौसम

काठमाडौँ, चैत्र १० ​। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहेको छ ।

चैत्र १० गते (मंगलबार)

दिउँसो

सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका बाँकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकि भू-भागमा पनि आंशिक बदलि रहनेछ । गण्डकि प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र ११ गते (बुधबार)

दिउँसो

सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ बाँकी भू-भागमा पनि आंशिक बदलि रहनेछ । गण्डकी प्रदेश, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकि प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, गण्डकि प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र १२ गते (बिहीबार)

दिउँसो

देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदलि रहनेछ । देशको पहाडी भू-भागहरुका थोरै स्थानहरु मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफ रहनेछ । देशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !