![मेघ गर्जन/चट्टयाङ्/हावाहुरी सहित वर्षाको सम्भावना मौसम](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Weather_Mausam_Mejgarjan_Chatyang-Ra-Hawahuri.jpeg?fit=832%2C468&ssl=1)
काठमाडौँ, चैत्र ५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
(बिहान ६ बजे)
मौसम विश्लेषण
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेको छ।
हाल मौसमको अवस्था
हाल देशको पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहेको छ ।
चैत्र ५ गते (बिहिबार)
दिउँसो
देशको पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली र तराईका भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती
देशको पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली र तराईका भू-भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
चैत्र ६ गते (शुक्रबार)
दिउँसो
देशको पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली र तराईका भू-भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती
देशको पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली र तराईका भू-भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
चैत्र ७ गते (शनिबार)
दिउँसो
देशको पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती
देशको पहाडी भू-भागहरुमा आंशिक रहनेछ । प्रदेश १ तथा गण्डकी प्रदेशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन विभागले अनुरोध गरेको छ ।