काठमाडौँ, फाल्गुन १८ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
(बिहान ६ बजे)
मौसम विश्लेषण
हाल उल्लेखनीय मौसमी प्रणाली छैन ।
हाल मौसमको अवस्था
हाल देशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रहेको छ ।
दिउँसो
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।
राती
प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
छैन ।