१२ असार २०८१, बुधबार

आज पुस ५ गते आइतबार देशभर आजको मौसम पूर्वानुमान


जल तथा मौसम विज्ञान विभाग

काठमाडौँ, पुस ५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल देशमा उत्तर-पश्चिमी वायुको प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था

हाल पुर्वी तराईका केही स्थानमा साथै मध्य र पश्चिमी तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लागेको छ साथै प्रदेश १, गण्डकी तथा सदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्य तया सफा रहेको छ ।

दिउँसो

प्रदेश नं १ र गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती

कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश तथा गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशभर तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन हुन सबैमा अनुरोध छ । साथै तराईका अधिकांश भु-भागहरुमा तथा पहाडका केही भू-भागहरुमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !