
काठमाडौँ, मंसिर १२ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
(बिहान ६ बजे)
मौसम विश्लेषण
हाल देशमा पश्चिमी वायुको प्रभाव छ ।
हालको मौसमको अवस्था
हाल देशको गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदलि रहेको छ ।
दिउँसो
प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदलि रही पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ र बाँकि भु-भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी प्रदेश, वागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती
प्रदेश नं १ मा आंशिक बदलि रही बाँकि भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
गण्डकी प्रदेश, वागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहने तथा देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।
यो पनि पढ्नुहोस्