१३ बैशाख २०८१, बिहिबार

आज मंसिर ११ गते बिहिबार देशभर आजको मौसम पूर्वानुमान


जल तथा मौसम विज्ञान विभाग

काठमाडौँ, मंसिर ११ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल देशमा पश्चिमी वायुको प्रभाव छ ।

हालको मौसमको अवस्था

हाल बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूर पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदलि र बाँकि प्रदेशमा आंशिक देखि सामान्य बदलि रहेको छ ।

दिउँसो

देशका पहाडि भु-भागमा आंशिक देखि सामान्य बदलि र बाँकि भू-भागमा आंशिक बदलि रहनेछ । गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा साथै प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती

देशका पहाडि भु-भागमा आंशिक देखि सामान्य बदलि र बाँकि भु- आंशिक बदलि रहनेछ । गण्डकी, कर्णाली र सुदूर पश्चिम र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

प्रदेश नं १, बाग्मती, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात हुनुका साथै पहाडी भु-भागका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !