असोज १२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
(बिहान ६ बजे)
मौसम विश्लेषण
हाल भारतको पुर्वी बिहार आसपास रहेको न्युन चापीय प्रणालि कमजोर हुने क्रममा रहेको छ ।
हालको मौसमको अवस्था
हाल देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रहेको छ ।
दिउँसो
प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र ५नं प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।
राती
प्रदेश नं १ र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
छैन ।