७ बैशाख २०८१, शुक्रबार

आज असार १ गते सोमबार देशभरको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

असार १, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६: ०० बजे)

मौसम विश्लेषण

नेपालको पूर्वी भू-भागबाट मनसुनी वायु तथा पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था

हाल कैलाली, बर्दीया, सुर्खेत जिल्ला आसपासको क्षेत्र साथै गण्डकी प्रदेश र प्रदेश १ का केही स्थानहरूमा वर्षा भईरहेको छ ।

दिउँसो

सुदुर पश्चिम, कर्णाली र प्रदेश ५मा सामान्य बदली रही बाकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । बागमति प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती

सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २ को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !