८ बैशाख २०८१, शनिबार

आज जेठ ३२ गते आइतबार देशभरको मौसम पूर्वानुमान


जल तथा मौसम विज्ञान विभाग

जेठ ३२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६: ०० बजे)

मौसम विश्लेषण

हाल नेपालको पूर्वी भू-भागबाट मनसुनी वायु तथा पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था

हाल प्रदेश १ र सु.प प्रदेशका तराई भू-भाग तथा देशभर पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।

दिउँसो

प्रदेश १ र प्रदेश २ मा पूर्ण बदली रही पूर्ण बदली रही देशका अन्य प्रदेशहरूमा सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ सहित वर्षाको संभावना रहेको छ । प्रदेश १ र प्रदेश २ को एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती

सुदुर पश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ सहित वर्षाको संभावना रहेको छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !