८ पुस २०८१, सोमबार

धनुषाको ऐतिहासिक धार्मिक स्थल मणि मण्डप


मणि मण्डप

पृष्ठभूमि : धार्मिक मान्यतामा विश्वास गर्नेहरुका अनुसार सोही चुल्होमा सीताराम जीको विवाहको बखत लावा भुटिएको थियो ।

परिचय

जनकपुरको पिराडी चौक भन्दा करिब ३ किलो मिटर उत्तर पश्चिम कुनामा पर्ने मणिमण्डपमा रहेको मन्दिरमा सीतारामजीको दिव्य मुर्ति छ । जनकपुर उपमहानगरपालिका १३ रानीबजार स्थित अवस्थित मणिमण्डपमा मैथली परम्परा अनुसार विवाह हुँदा मडवा बनाई वैवाहिक कार्यक्रम सम्पन्न हुने चलन छ । त्यहाँ करिव २ मीटर लामो र त्यतिकै चौडा रहेको माटोको ढिस्को नै मडुवा हो भने मान्यता छ । यस स्थानमा चारवर्ष अघि पुरातत्व विभागले उत्खनन गर्दा प्राचीन कालमा बस्ती भएको पर्याप्त प्रमाणहरु समेत फेला परेको थियो । विभिन्न माटाका भाँडाहरु, प्राचीन चुल्हो, खरानी लगायतका विभिन्न प्रमाणहरु मणि मण्डप क्षेत्रबाट फेला परेको छ ।

धार्मिक तथा सांस्कृतिक महत्व

मन्दिरको अगाडीमा रहेको पोखरीमा स्नान गर्नाले मानव प्रत्येक जुनीमा गरेको अनेक पापबाट मुक्ति पाउनुको साथै पुण्यको भागी बन्ने जनविश्वास छ । मंसिरमा हुने विवाह पचमीको अवसरमा हजारौ भक्तजनहरु मणीमण्डप समेत पुग्ने गरेका छन् ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

पौराणिक कालमा मिथिलाको राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामको विवाह सोही मणिमंडपमा सम्पन्न भएको जनविश्वास छ ।

पर्यटन प्रर्वद्धन

ऐतिहासिक तथा पौराणिक मिथिला मणिमण्डप प्रचार–प्रसारको अभावमा ओझेलमा परेको थियो । तर पछिल्लो समय सरकार पक्षले संरक्षण सम्बद्र्धनमा ध्यान दिँदा र प्रचार प्रसार हुँदा पर्यटकको घुम्ने रोजाई मध्येमा मणिमण्डप समेत पर्न थालेको छ ।

कसरी पुग्ने ?

जुन जानकी मन्दिरबाट झण्डै ४ किलो मिटर अर्थात जनकपुर उपमहानगरपालिका-१३ रानीबजार स्थित अवस्थित छ ।

यो पनि पढ्नुहोस् 

मनोकामना पूरा गर्ने सप्तरीको धार्मिक शक्तिपीठ छिन्नमस्ता

सिराहाको ऐतिहासिक पर्यटकीय स्थल सहलेस दरबार पर्यटन क्षेत्र

ओखलढुङ्गाको सुन्दर रमणीय पर्यटकीय गन्तब्य थोलेदम्बा डाँडा

देउताहरूले सभा गर्ने संखुवासभाको धार्मिक तथा पर्यटकीय स्थल सभापोखरी

१ दर्जन भन्दा बढी हिमालहरू देखिने भोजपुरको सुन्दर पर्यटकीय गन्तव्य ट्याम्के डाँडा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !