१८ पुस २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेशकै ठूलो तथा प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिर

धार्मिक आस्थाको केन्द्र डडेलधुराको उग्रतारा भगवती मन्दिर


उग्रतारा भगवती मन्दिर

पृष्ठभूमि : उग्रतारा भगवती मन्दिर सुदूरपश्चिमकै ठूलो तथा प्रसिद्ध शक्तिपिठ मानिन्छ । यो मन्दिर डडेलधुरादेखि ४ किलोमीटर पश्चिमपट्टी रहेको छ । यो मन्दिरलाई नेपालको सूदूर पश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ । नेपाल सरकारले पर्यटकीय स्थलको प्रवर्धनका लागि ओझेलमा परेका १०० वटा नयाँ पर्यटकीय गन्तव्यमा अमरगढी उग्रतारा भगवती मन्दिरलाई पनि राखेको छ ।

परिचय

डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा पर्ने प्रसिद्ध मन्दिर, बागबजारबाट करिब ५ कि.मि. टाढा डडेलधुरा, बैतडी राजमार्गको पश्चिम पटीको अग्लो बिशाल तथा रमणिय फाँटमा रहेको छ । यहाँ कतैबाट ओर्लेर मन्दिरमा प्रवेश गर्ने मार्ग नभई प्राकृतिक प्रदत फाँटमा अवस्थित उग्रतारा देवीको दर्शन गर्न जाने भक्तजनहरुले उक्लेर जानु पर्दछ । उग्रतारा मन्दिरको उत्पति सम्बन्धमा प्रमाणिक आधारमा कुनै शिलालेख नभेटिए तापनि यसको उत्पतिको किम्बदन्ती भने यस प्रकार छ ।

 उग्रतारा भगवती मन्दिर

धार्मिक तथा सांस्कृतिक महत्व

यस उग्रतारा भगवती मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाको दिन महापुजा तथा ठूलो जात्रा लाग्ने गर्दछ । कार्तिक शुक्ल पूर्णिमामा लाग्ने प्रसिद्ध मेला देइजातमा प्राचिनकालमा गर्खा, गर्खा बाट लडाकुहरुले आ-आफ्नो विरता साथ लडाई हुँदा रगतको खोला बग्ने जसलाई यँहा न्वाखोलाको रुपमा नामकरण गरिएको छ ।

यो पनि पढ्नुहोस् : कंचनपुरको बन्दा ताल कोटीहोम धार्मिक पर्यटकीय क्षेत्र

यँहा कार्तिक शुक्ल पूर्णिमाको दिन जिल्ला भरिबाट मात्र नभई दार्चुला, बैतडी, बझांड, डोटी र तराइका कैलाली र कञ्चनपुर लगायतका अन्य बिभिन्न शहरहरुबाट समेत मेला भर्न आउने गर्दछन । उग्रतारा माताको दर्शन गरेमा दैवी प्रकोप नहुने, सुख प्राप्ति हुने, मोक्ष र मनोकामना पूरा हुने विश्वास गरिन्छ । यो मेलालाई सुदूरपश्चिमबासीले पर्व कै रुपमा बनाउने गर्दछन् ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

२५०० वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि महागौरी दुर्गा र कालीको स्वरूपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको जनविश्वास छ । देहि जातको महत्व र रोचक जात्रा भनेको सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्य, इष्टमित्र, साथीसङ्गी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, सुदूरपश्चिमको लोकप्रिय खाना ‘माँडा’ देहिजाँतमा प्रशस्त देख्न सकिन्छ । तर भगवतीको गाथाको रूपमा गाइने डेउडा भने खेलिँदैन । वर्षमा एक पटक भव्य रूपमा लाग्ने उग्रतारा माताको दर्शन गरे दैवीप्रकोप नहुने, सुख प्राप्ति हुने, मनोकामना पूरा हुने जनविश्वास छ ।

यो पनि पढ्नुहोस् : दक्षिण एशियाको दोस्रो लामो झोलुंगे पुल भएको चाँदनी-दोधारा क्षेत्र

प्राकृतिक सौन्दर्य

डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा पर्ने प्रसिद्ध मन्दिर, बागबजारबाट करिब ५ किलोमिटर टाढा डडेल्धुरा देखी बैतडीसम्म जोडीएको दशरतचन्द राजमार्गको पश्चिम पट्टीको अग्लो बिशाल तथा मनोरमणिय फाँटमा रहेको छ । म मन्दिरसम्म कालोपत्रे सडक पुगेको छ । यहाँ कतैबाट ओर्लेर मन्दिरमा प्रर्वेश गर्ने मार्ग नभई प्रकृति रुपमापनी अग्लो स्थानमा नै रहेको छ ।

यो पनि पढ्नुहोस् : महाभारत काल भन्दा पनि पहिलेदेखि पवित्र तीर्थस्थल रहेको कैलालीको घोडाघोडी ताल

पर्यटकीय सम्भावना

ब्यापारका लागी डडेल्धुरा, बैतडी, डोटी, कैलाली, कन्चनपुर लगायत भारतको कुमाउ क्षेत्रबाउ समेत ब्यापार गर्न ब्यापारीहरु आउने गर्दछन यहाँ मुख्य ब्यापारका रुपमा होटेलमा जेरी, मिठाइ, चाउमी, समैसा, पकौडा, मासुका बिभिन्न परिकार, अन्य किरानाका सामानहरु, स्थानीय उत्पादनहरुमा अदुवा, बेसार,तिल, कोदो फलफुलमा सुन्तला, मौसमी, कागती ओखर, स्याउ, केरा, अनार लगायल अन्य स्थानीय उत्पादनहरु यहाँ छन् यसका साथै धार्मिक अनि प्राकृतिक महत्व बोकेको यस क्षत्रले राम्रो पर्यटकीय सम्भावना बोकेको छ ।

कसरी पुग्ने ?

डडेल्धुरा सदरमुकामदेखि करिब ५ किलोमिटर पश्चिमपट्टीको यात्रापछि यो मन्दिर आउछ ।

यो पनि पढ्नुहोस्  

सन्तान नभएका दम्पती पुत्रलाभको कामना गर्दै जाने डोटीको बडिकेदार

डोटीमा अवस्थित साक्षत देवी शैलेश्वरी माताको मन्दिर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !