११ पुस २०८१, बिहीबार

डोटीमा अवस्थित साक्षत देवी शैलेश्वरी माताको मन्दिर

डोटीको प्रसिद्ध धार्मिक शक्तिपीठ शैलेश्वरी


शैलेश्वरी माता

पृष्ठभूमि : भगवान शिव र माता पार्वती आफ्नो विवाह पश्चात मधुचन्द्रिकाका निम्ति यस डोटी जिल्लामा अवस्थित रमणिय चन्द्रगिरी पर्वतलाई रोज्नु भएको थियो । ब्रह्मा विष्णु लगायत विभिन्न देवताहरू भगवान शिवको खोजि गर्दै यहाँ आई पुग्दा माता पार्वतीले देवताहरूलाई देखेर लज्जास्वरुप शिला बनेको हुनाले त्यसै बेला देखि यसलाई शिलादेवी अर्थात शैलेश्वरी देवी भनेर भनिएको थियो ।

परिचय

सुदुरपश्चिमकै प्रसिद्ध धार्मिक ऐतिहासिक तथा पर्यटकिय तिर्थ स्थल शैलेश्वरी मन्दिर डोटी जिल्ला सिलगढी दिपायल नगरपालिका वडा नं. १ शैलेश्वरीमा अवस्थित छ । यो मन्दिर यस क्षेत्रकै प्रमुख धार्मिक स्थल रुपमा रहेको छ । शैलेश्वरी मातालाई साक्षत देवीको उपमा दिइन्छ ।

यो मन्दिलाई नेपालको सूदूर पश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ । यहाँ देवीको नित्य पुजा सिलगाउ निवासी भट्ट ब्राह्मणद्वारा गरिन्छ । शैलेश्वरी देशकै प्रसिद्ध शक्तिपीठ मध्येको एक हो । यहाँ दिनहुँजसो पूजाआजा गर्नेको बाक्लो घुँइचो लाग्छ ।

यो पनि पढ्नुहोस् : धर्तीमा स्वर्गको टुक्रा अछामको रामारोशन

यहाँ प्रत्येक १२ वर्षमा कोटीहवन महायज्ञ लाग्ने गर्छ । १ सय ४४ वर्षमा महाकोटी हवन महायज्ञ लाग्छ । प्यागोडा शैलीमा निर्मित यो मन्दिर कलात्मक र आकर्षक छ । शैलेश्वरी परिसरमा अन्य सात वटा मन्दिरहरु पनि छन् । जसमा हनुमान कुण्ड, शिव मन्दिर, गणेश मन्दिर, भैरव मन्दिर, मष्टा मन्दिर र चण्डेश्वरी मन्दिर छन् । यो मन्दिरमा प्रत्येक वर्ष कार्तिक शुक्ल पुर्णिमाको दिनमा मेला लाग्ने गर्छ ।

यहाँ पूजा गरे मनोकामना पूरा हुने विश्वास रहेको छ । प्रत्येक बर्ष जेठ र कार्तिक पुर्णिमाका दिन बर्षमा लक्षबहन महायज्ञ परम्परागत रुपमा प्राचीन कालदेखि नै हुँदै आएको छ । यो मन्दिरलाई नेपालको सूदूर पश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ ।

धार्मिक तथा सांस्कृतिक महत्व

यो धार्मिक स्थल भगवान शिवको लागि प्रसिद्ध छ । यस मन्दिरभित्र ६ इन्च अग्लो र १ फूट गोलाई भएको शिवजीको कालो शिला छ । यस मुर्तिलाई शिव र पार्वतीको संयुक्त स्वरुप मानेर पुजिन्छ । शैलेश्वरी मन्दिर पछाडी चण्डेश्वरी भैरव रहेका छन् ।

यो मन्दिर यस क्षेत्रकै प्रमुख धार्मिक स्थल रुपमा रहेको छ । यहाँ देवीको नित्य पुजा सिलगाउ निवासी भट्ट ब्रम्हाणद्वारा गरिन्छ । प्रत्यक बर्ष जेठ र कार्तिक पुर्णिमाका दिन बर्षमा लक्ष बहन महायज्ञ परमप्रागत रुपमा प्राचीन कालदेखि नै हुँदै आएको छ ।

यो पनि पढ्नुहोस् : सुर्मादेवीको क्रिडास्थल बझाङको ताल सुर्मा सरोवर

दत्तचित्त भई माता शैलेश्वरीको पुजाआराधना र ध्यान गर्नाले मनले चिताएको फल पाईन्छ भन्ने जनआस्था रहि आएको छ । शैलेश्वरी मेलामा स्थानीय पञ्चेबाजा सहित स्थानीय मौलिक सँस्कृतिहरु देख्न पाईन्छ । शैलेश्वरीको नित्य पूजाका लागि स्थानीय सिलगाउँका भट्ट परिवारका पूजारीहरुलाई जिम्मेवारी दिईएको छ भने अन्य विभिन्न कामको बाँडफाँड गरी बाह्र गाउँका बाह्र बराला (बाह्र वटा गाउँलाई दिईएको जिम्मेवारी) तोकिएको छ ।

यहाँ बैदिक र तान्त्रिक दुवै विधिबाट पुजा गरिन्छ । परिवारको सुख शान्तिको लागि चण्डेश्वरीमा बली दिने गरिन्छ । यो मन्दिर खट जात्राको लागि प्रसिद्ध छ । स्थानीय भाषामा यसलाई जात पर्व भनिन्छ । यो जात्रा प्रत्येक १२ वर्षमा कात्र्तिक महिनाको पूर्णिमा तिथिमा लाग्दछ । यस जात्रामा कृष्ण अष्टमीको दिन स्यानीय १२ गाँउहरु मिलेर १२/१२ वर्षमा १२ दिन विषेश पुजा गरी शिलादेवीको मुर्ति राखेर खटजात्रा गरी घुमाउदै मन्दिर परिक्रमा गरिन्छ ।

दौरो (मन्दिरको गरगहना) लाई नाचतथलीसम्म घुमाउने, धामी झाक्री काम्ने, आगामी वर्षको भविष्य बाणी गर्ने, रात भरी उपबास बस्ने नाच गान गर्ने गर्दछन् । यस मन्दिर परिसरमा खटजात्राको समयमा होम गरिन्छ । हरेक १२/१२ वर्षमा कर्कट राशीमा वृहस्पति भएको पञ्चमीदेखि द्धादसीसम्मको समयमा कोटी होम गरिन्छ । मानिसहरुले प्रत्येक वर्षको दशैंको नवरात्री र कार्तिक महिनमा लाग्ने १२ वर्षे मेलामा यस ठाउँको बढी भ्रमण गर्दछन् ।

यो पनि पढ्नुहोस् : मौसमपिच्छे रंग बदल्ने सल्यानको अद्भूत दह कुपिण्डे

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

स्कन्द पुराणको मानस खण्डमा उल्लेख भएअनुसार शिव विवाहपछि पार्वतीसँग घुम्दै आउने क्रममा यस क्षेत्रको रमणीय दृष्यबाट लोभिएर यसै क्षेत्रमा सयल गर्दै वर्षौं बिताएको उल्लेख छ । उता स्वर्गमा तारकासुर नामको दैत्यले देवगणहरुलाई आतंकित तुल्याउँदा ब्रह्माजीलाई अघि लगाउदै देवगणहरु भगवान शिवको खोजीमा यस क्षेत्रमा पुग्दा भगवान शिव र माता पार्वती कामवासनामा तल्लिन रहेको देखेपछि माता पार्वती लज्जाले शिला पिण्डमा लुक्नु भएको बताईन्छ ।

फलतः शिव र पार्वती एकानुभुति भै विलिन भएपछि अर्धनारीश्वरी शैलेश्वरी भन्ने नाम रहन गएको र ब्रह्माजी सहितको देवगणहरुले नाना स्तुति गर्दा अर्धनारीस्वरी शैलेश्वरीले दर्शन दिएको स्कन्द पुराणको मानस खण्डअन्तर्गत शैलेश्वरी महात्मयमा वर्णित छ । यसरी शिव र पार्वतीले लामो समयसम्म सयल गरेको ठाउँ भएका कारण यसलाई सयलगढी भनियो र पछि उक्त शब्द सिलगढीमा परिणत भएको मानिन्छ ।

यसै पुण्यभूमिमा १२ वर्षको बनवासपछि अयोध्या फर्की भगवान रामले अश्वमेध यज्ञ सकेपछि आफ्नो गुरु वशिष्टको आज्ञाले चन्दगिरी पर्वत हालको सिलगढी नगरीमा आई माता शैलेश्वरीको पूजा आराधाना गरेपछि माताले दर्शन दिएको पनि स्कन्द पुराणको मानस खण्डमा उल्लेख रहेको छ ।

समस्याहरु

शैलेश्वरीको चलअचल सम्पत्तीबारे भने अस्तव्यस्तता रहेको बताईन्छ ।

कसरी पुग्ने ?

यो स्थल डोटी जिल्लाको सदरमुकाम सिलगढीमा रहेको छ । यस जिल्लाको सदरमुकाममा पुग्न कैलाली जिल्लाको अत्तरियाबाट महाकाली राजमार्ग र स्याउले देखि सेती राजमार्ग हुदै ६/७ घण्टा लाग्दछ । यस सडकको लम्बाई १९५ किमी रहेको छ ।

यो पनि पढ्नुहोस्

लाशलाई टुक्रा-टुक्रा गरेर काटी गिद्धलाई खुवाइने चलन भएको लिमी उपत्यका

सतीदेवीको अन्तिम अंग पतन भएको मुगुको धाम छायाँनाथ

सतीदेवीको कण्डयाउलो पतन र दश महाविद्या समेत उत्पत्ति भएको डोल्पाको शक्तिपीठ त्रिपुरासुन्दरी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !