७ बैशाख २०८१, शुक्रबार

पोखराको फेवातालमा डुंगा पल्टिँदा १ जना वेपत्ता, २ जनाको उद्धार


पोखराको फेवातालमा डुंगा पल्टिँदा

१२ फागुन, पोखरा । कास्की जिल्लाको पोखरा महानगरपालिकामा रहेको फेवातालमा सोमबार डुंगा पल्टिँदा एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा काठमाडौं १२ का २५ वर्षीय सुमित लुइँटेल रहेको प्रहरीले जनाएको छ ।

डुंगामा ३ जना चढेको र २ जनालाई भने उद्धार गरिएको वडा प्रहरी कार्यालयले जानकारी दिएको छ । उद्धार हुनेमा काठमाडौं १२ कै रुपेश अधिकारी र सुविन चालिसे छन् ।

चालकबिना आफैं चलाएर लगेको डुंगा खपौंदी क्षेत्रमा चलाउँदा चलाउँदै पानी भरिएर पल्टिएको बताइएको छ । फेवातालमा डुंगा चढ्दा/चलाउँदा लाइफ ज्याकेट अनिवार्य भए पनि लुइँटेलले लाइफ ज्याकेट नलगाएको प्रहरीले जनाएको छ ।

प्रहरीले फेवातालमा हराइरहेका लुइँटेलको खोजी कार्य तीब्र पारिएको जनाएको छ । डुंगा पल्टिएको देखेपछि पोखरा महानगरपालिका ८ का एक स्थानीय वासिन्दा उद्धार गर्न गएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !