काठमाडौं । बुद्ध एयरको जहाजमा समस्या देखिएको छ । काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं डाइभर्ट गरिएको हो ।
बुद्ध एयरको उडान नम्बर ९५३, कल साइन–नाइनएन–एजेएस विमानको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएको हो । बुद्ध एयरका अनुसार इन्जिनमा समस्या देखिएपछि जहाजलाई पुनः काठमाडौं डाइभर्ट गरेर ११ः१५ बजे त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरिएको हो ।
विमान आधा समय उडान गरिसकेको अवस्थामा काठमाडौं फिर्ता गर्नु परेको हो । जहाजलाई कम्पनीको प्राविधिक टिमले चेकजाँच गरिरहेको र यात्रुहरूलाई अर्को जहाजबाट भद्रपुर पठाउने तयारी भइरहेको छ ।