५ आश्विन २०८१, शनिबार

आठ हजार मिटर अग्ला १६ हिमाल आरोहण गर्नेे पासाङ नामगेललाई पर्यटनमनत्रीद्वारा स्वागत


आठ हजार मिटर अग्ला १६ हिमाल आरोहण गर्नेे पासाङ नामगेललाई पर्यटनमनत्रीद्वारा स्वागत

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले ब्रोड पिकको सफल आरोहण गरी फर्किएका पर्वतारोही तथा गाइड पासाङ नामगेल शेर्पालाई स्वागत गरेका छन् ।

मन्त्री पाण्डेले शुक्रबार आरोही शेर्पालाई मन्त्रालयमा स्वागत गर्नु भएको हो । सोलुखुम्बुको खुम्बु गाउँपालिका घर भएका शेर्पाले पाकिस्तानमा रहेको विश्वको १२औं अग्लो हिमाल ब्रोड पिकको एउटै सिजनमा दुई पटक आरोहण गरेका थिए ।

मन्त्री पाण्डेसँगको भेटमा शेर्पाले सरकारले कल्याणकारी कोषको स्थापना गरिदिन माग गरेका थिए । उनले हिमालमा हुने दुर्घटनाहरूमा हेलि रेस्कु हुन गाह्रो हुने बताउँदै त्यसबारे आवश्यक प्रवन्ध गरिदिन र विदेशी आरोहीलाई क्याम टु–बाट आठ केजी फोहर अनिवार्य ल्याउनु पर्ने प्रावधान भएकाले त्यसलाई सहज बनाईदिन अनुरोध गरे ।

मन्त्री पाण्डेले आरोहीहरूको कल्याणकारी कोष स्थापना र फोहोर व्यवस्थापनका लागि सम्बन्धित निकायहरूसँग बुझेर सहजीकरण गर्नेमा विश्वस्त पारेका थिए ।

५२ वर्षीय शेर्पा इमाजिन नेपाल ट्रेक्स कम्पनीका वरिष्ठ पर्वतारोहीको रूपमा चिनिन्छन् । उनले सन् २००४ र २००७ मा यालुङ खाङ र ल्होत्से शार दुवै चुचुरोसँगै आरोहण गरेका थिए ।

शेर्पाले विश्वका आठ हजार मिटर अग्ला १४ वटा चुचुरो र यालुङ खाङ र ल्होत्से शार गरी १६ वटा चुचुरोमा पाइला टेक्न सफल भएका थिए । कोरियाका अम होंङ गिलपछि शेर्पा १६ वटा चुचुरोहरुमा पाइला टेक्ने दोस्रो व्यक्तिको रूपमा हुन् । साथै नेपालबाट १६ वटा चुचुरोमा पाइला टेक्न पहिलो भएको दावी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !