२२ भाद्र २०८१, शनिबार

सौर्य एयरको विमान दुर्घटनामा एकै परिवारका ३ जनाको मृत्यु


मनुराज शर्मा

काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । सौर्य एयरलाइन्समा प्राविधिक रहेका मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्मा गरी एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

प्रिजा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कम्प्युटर अपरेटरका रूपमा कार्यरत रहेकी थिइन् । मनुराज पोखरा जाने भएपछि श्रीमती प्रिजालाई अफिसबाट र छोरा अधिराजलाई विद्यालयबाट बोलाएर घुम्न पोखरा जान लागेका थिए ।

सौर्य एयरलाइन्सले विवरणमा खतिवडा र उनका छोरालाई पनि कम्पनीकै कर्मचारी भएको भने पनि उनीहरू यात्रु रहेको खुलेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !