२ कार्तिक २०८१, शुक्रबार

त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १३ जनाको निधन


सौर्य एयरको विमान दुर्घटना

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १३ जनाको निधन भएको छ । सौर्य एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा दुर्घटना भएको हो ।

दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् । काठमाडौँबाट पोखरा उडानमा रहेको विमानमा चालक दलसहित १९ जना रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !