३ मंसिर २०८१, सोमबार

आफ्नै रेकर्ड तोड्दै २९औँ पटक सगरमाथाकाे चुचुरोमा पुगे कामीरिता


कामीरिता शेर्पा फाइल फोटो

काठमाडौं । कीर्तिमानी आरोही पर्वतारोही कामिरिता शेर्पाले २९औँ विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । शेर्पाले सबैभन्दा बढी सगरमाथा चढ्ने आफ्नै रेकर्ड तोड्दै २९औँ पटक सगरमाथा आरोहण गरेका हुन् ।

उनले आज बिहान ७ बजेर २५ मिनेट जाँदा सगरमाथाको सफल आरोहण गरेका हुन् । उनी सेभेन समिट ट्रेक्सका तर्फबाट सगरमाथा आरोहणमा गएका हुन् । उनी सेभेन समिट ट्रेकमा सिनियर गाईडका रुपमा कार्यरत छन् ।

वि. सं २०२६ सालमा सोलुखुम्बुको थामेमा जन्मिएका कामीरिताले सन् १९९२ बाट हिमाल आरोहण गर्न थालेका हुन् । कामीमरिताले सगरमाथासँगै विश्वकै दोस्रो अग्लो हिमाल के टू, चोयू, ल्होत्से र मकालुलगायतका हिमाल आरोहण गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !