९ असार २०८१, आइतबार

कञ्चनजङ्घा क्षेत्रमा आउन थाले पर्यटक


कञ्चनजङ्घा आरोहण

फुङ्लिङ, ताप्लेजुङ । पर्यटक आगमनको याम प्रारम्भ भएसँगै विश्वको तेस्रो अग्लो शिखर कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आउन थालेका छन् । कञ्चनजङ्घा हिमाल क्षेत्रमा वर्षमा दुई याममा पर्यटक आउने गरेका छन् ।

पहिलो याम सकिएर दोस्रो ‘सिजन’ सुरु भएको छ । चैतदेखि जेठ तेस्रो सातासम्म कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको छन् । गत बुधबार ६० जना विदेशी पर्यटक कञ्चनजङ्घा क्षेत्रको घुन्सा बस्तीमा आइपुगेका कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ ।

पर्यटक आगमन सुरु भएसँगै कञ्चनजङ्घा जाने पदमार्गमा रहेको होटल खुलिसकेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पर्यटन सहायक टासी तेन्जिङले बताए । पहिलो सिजनमा कञ्चनजङ्घा क्षेत्रमा छ सय ५० जान बाह्य पर्यटक आएका उनले बताए । आन्तरिक पर्यटक आगमनको अभिलेख भने नगरिएको उनले जानकारी दिए । गत वर्ष चार सय ३९ जना बाह्य पर्यटकले मात्र कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका थिए ।

कञ्चनजङ्घा क्षेत्रमा आउने पर्यटकलाई लक्ष्य गरेर यो क्षेत्रमा सानाठूला ५२ वटा होटल सञ्चालनमा छन् । फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा रु सात करोड लगानीमा सिङ्गी नामजोग होटल पनि सञ्चलनमा आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !