२ मंसिर २०८१, आइतबार

चौबिसे घुम्ने पर्यटकलाई अचार कोसेली


अचार कोसेली

धनकुटा । चौबिसे गाउँपालिकाले आफ्नो क्षेत्रमा भ्रमणमा आउने पर्यटकलाई अचार कोसेली प्रदान गर्ने भएको छ । यसका लागि गाउँपालिकाले २४ जना एकल महिलालाई पाँचदिने अचार बनाउने तालिम प्रदान गरेको छ । सहभागीहरुलाई विभिन्न प्रकारका अचार बनाउने तालिम दिइएको सहकार्य संस्थाकी अध्यक्ष हिमा चेम्जोङ्गले जानकारी दिए ।

उद्यमी विष्णुमायाँ कन्दङवाले सुकुटी बनाउन सहित मूला, गाजर, काउली, बन्दालगायत तरकारीबाट अचार बनाउन प्रशिक्षण प्रदान गरेका थिए । गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले पालिका भ्रमणमा आउने पर्यटकलाई कोसेली अचार प्रदान गर्न तालिम प्रदान गर्न थालिएको बताए ।

यसका लागि पालिकाले पालिकाको केन्द्र राजारानी बजारमा कोसेली घर सञ्चालनमा ल्याउन लागेको उहाँले जानकारी दिए । उनले भने, “यसले एकल महिलाको जीवनस्तर उकास्न महत्वपूर्ण सहयोग पुग्नेछ ।” पर्यटकीय नगरी धनकुटाको भेडेटारबाट पाँचथरसम्मको एक सय किलो मिटर भेडेटार–रवी–राँके राजमार्ग कालोपत्रका लागि तीव्ररुपमा काम भइरहेको छ । सडक पूरा भएपछि यस क्षेत्रमा आउने पर्यटकको आवागमनलाई लक्षित गरेर कोसेली अचारको कार्यक्रम सुरु गर्न लागिएको अध्यक्ष लिम्बूले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !