३ असार २०८१, सोमबार

उड्न लागेको बुद्ध एयरको जहाजको आकस्मिक ढोका एक्कासी खोलेपछि…


सुकेटार विमानस्थल फाइल फोटो

पोखरा । पोखराबाट काठमाडौंका लागि उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका एक्कासी खुलेपछि खैलाबैला मच्चिएको छ । बुद्ध एयरको जहाजको आकस्मिक ढोका एक यात्रुले खुलेपछि खैलाबैला मच्चिएर उडान रोकिएको हो ।

आज बिहान ९ बजेर ४० मिनेट जाँदा पोखराबाट काठमाडौंका लागि उड्न लागेको उडान नं. ६५२ को जहाज ‘स्टार्ट’ भइसकेपछि इमर्जेन्सी ढोका खुलेको थियो । इमर्जेन्सी ढोका नजिकै बसेका यात्रुको खुट्टाले लागेर ढोका खुलेको बताइएको छ ।

ती यात्रुलाई अहिले प्रहरीले सोधपुछ गरिरहेको स्रोतले बताएको छ । विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेलामा ढोका खुलेको थाहा भएको बुद्ध एयरले जनाएको छ ।

जहाजको इमर्जेन्सी ढोका यात्रुबाट के कति कारणले खुल्न गएको हो भन्नेबारेमा पोखरा टर्मिनलका सुरक्षाकर्मीले बुझिरहेका छन् । ढोका के कारणले खुलेको हो भन्ने चेकजाँच गरेरमात्रै उडाइने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !