७ जेष्ठ २०८१, सोमबार

नेपालको पर्यटनमा नेपालीपन हुनुपर्छ : मन्त्री किराती


सुदन किराती फाइल फोटो

धुलिखेल, काभ्रे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन नेपालीपनकै हुनुपर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ कुशादेवीमा रहेको फुलचोकी एड्भेन्चर प्रालिद्वारा सञ्चालित प्याराग्लाइडिङको व्यावसायिक उडानको शनिबार नागीडाँडामा शुभारम्भ गर्दै उहाँले प्याराग्लाइडिङबाट एक रोजगार सिर्जना हुने सम्भावना रहेको छ ।

उनले भने, “ नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको छ । यसलाई स्थानीय स्वाद, स्वामित्व र स्थानीयपनसहित व्यवसाय सञ्चालन गर्नुपर्छ । पर्यटनको क्षेत्रमा एड्भेन्चर, कल्चर र नेचर तीनवटा विषयको समायोजनबाट मात्रै पर्यटनको क्षेत्रमा थप विकास हुन्छ ।” सो अवसरमा मन्त्री किरातीले पनौतीको ऐतिहासिक र सांस्कृतिक स्थलक्षेत्रको अवलोकन गर्नुका साथै जानकारी लिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !