१२ आश्विन २०८१, शनिबार

आज श्री एयरलाइन्सका सबै उडान स्थगित


श्री एयरलाइन्स

काठमाडौं । आज श्री एयरलाइन्सका सबै उडान स्थगित हुने भएका छन् । श्री एयरलाइन्स प्रालिले आज आइतबारका लागि निर्धारित सबै उडान स्थगित गरेको हो ।

उडान स्थगित गरी आइतबार कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको एयरलाइन्सले जनाएको छ । एयरलाइन्सका कर्पाेरेट प्रबन्धक अनिल मानन्धरले प्रेस नोट जारी गर्दै आइतबारका सबै उडान स्थगित गरिएको जानकारी दिए ।

हिजो शनिबार ३ः३० बजे काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयर २२५ उडान नम्बरको विमानमा प्राविधिक समस्या आएपछि पुनः काठमाडौं नै फर्काइएको थियो ।

सोही घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय गरेको छ । सोमबारबाट भने सम्पूर्ण उडानहरू सञ्चालन गरिने जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !