२१ बैशाख २०८१, शुक्रबार

त्रिभुवन विमानस्थलमा मरेको चरा भेटिएकोले फ्लाई दुबईको जहाजमा ठोक्किएर आगो लागेको आशंका


फ्लाइ दुबई

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा मरेको चरा भेटिएकोले फ्लाई दुबईको जहाजमा चरा ठोक्किएर आगो लागेको आशंका गरिएको छ ।

नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार धावनमार्गमा भेटिएको चरा भँगेरा भन्दा केही ठूलो आकारको रहेतापनि कुन प्रजातिको चरा हो भन्ने एकिन नभइसकेको बताएका छन् ।

फ्लाई दुबईले काठमाडौंबाट उड्ने क्रममा आफ्नो विमानमा चरा ठाेकिएकाे बताएको छ । दुबई मिडिया अफिसले फ्लाइ दुबई प्रवक्तालाई उधृत गर्दै सामाजिक संजाल ट्वीटरमा यस्तो जानकारी दिएको हो ।

फ्लाई दुबईका प्रवक्ताको भनाईलाई उधृत गर्दै दुबई मिडिया अफिसले लेखेको छ, ‘काठमाडौं विमानस्थलबाट दुबई इन्टरनेशनल एयरपोर्ट जाँदै गरेको फ्लाई दुबई उडान एफजेड ५७६ (FZ 576) काठमाडौंबाट उड्ने क्रममा चरा ठोक्किएको थियो ।’

अन्तत: ठूलो दुर्घटनाबाट बचेर फ्लाइ दुबईको विमान गन्तव्यमै पुगेको छ । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई इन्टरनेशनल एयरपोर्ट जाँदै गरेको फ्लाइ दुबई विमान ठूलो दुर्घटनाबाट बचेर सफलतापूर्वक अवतरण भएको हो ।

दुबई अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ५७६ एफजेड उडान नम्बरको उक्त जहाज स्थानीय समयअनुसार मंगलबार बिहान १२ : ११ बजे अवतरण भएको हो ।

फ्लाई दुबईका प्रवक्तालाई उद्धत गर्दै दुबई मिडिया अफिसले सामाजिक संजाल ट्वीटरमा लेखेको छ, ‘हाम्रो योग्य चालक दलले उच्च सञ्चालन प्रक्रियाहरू पुरा गरेर विमान अगाडि बढ्यो र इन्जिन सामान्य अपरेटिङ प्यारामिटरहरूभित्र रहेको सुनिश्चित गरेपछि उडान अगाडि बढ्यो ।’

फ्लाई दुबईका अनुसार विमान दुबईमा सामान्य रूपमा अवतरण भएको थियो र विमानलाई अव जाँच गरिनेछ । फ्लाई दुबईले आफ्ना यात्रु र चालक दलको सुरक्षा आफ्नो प्राथमिकता रहेको भन्दै यात्रा तालिकामा भएको परिवर्तनको कारण आफ्ना यात्रुहरूलाई पर्न गएको असुविधाको लागि आफू क्षमाप्रार्थी रहेको बताएको छ ।

जहाजमा चरा ठोक्किएपछि आगलागी भएर एउटा इन्जिनले काम गरेको थिएन । जहाजकाे एउटा इन्जिनमा लागेकाे आगाे निभाइएकाे थियो । उक्त विमानमा १६८ जना यात्रु र चालक दलका ७ सदस्य गरी १७५ जना रहेका छन् ।

यो पनि पढ्नुहोस्

ठूलो दुर्घटनाबाट बचेर अन्तत: गन्तव्यमै पुग्यो फ्लाइ दुबईको विमान

काठमाडौंबाट दुबई उड्ने क्रममा विमानमा चरा ठाेकिएकाे थियाे : फ्लाई दुबई

फ्लाई दुबईको जहाजले किन त्रिभुवन विमानस्थलमा अवतरण गरेन ?

इन्जिन फेल भएर आगलागी भएको फ्लाइ दुबईको विमानलाई दिल्लीमा अवतरण गराइने तयारी

इन्जिन फेल भएर आगलागी भएको भनिएको फ्लाइ दुबईको विमान गन्तव्यतर्फ नै लाग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !