७ जेष्ठ २०८१, सोमबार

इन्जिन फेल भएर आगलागी भएको भनिएको फ्लाइ दुबईको विमान गन्तव्यतर्फ नै लाग्यो


फ्लाइ दुबई

काठमाडौं । इन्जिन फेल भएर आगलागी भएको भनिएको फ्लाइ दुबईको विमानलाई गन्तव्यतर्फ नै पठाइएको छ । काठमाडौंबाट दुबई जान लागेको फ्लाई दुबईको विमान अवतरणको तयारी गरिएको थियो ।

उड्नेवित्तिकै अस्वभाविक आवाज आएपछि विमानलाई पुनः अवतरण गराउन लागिएको थियो । काठमाडौं आउन लागेका आन्तरिक र अन्तर्राष्ट्रिय उडान भने डाइभर्ड गरिएको विमानस्थल स्रोतले जनाएको थियो ।

उक्त विमानमा १६८ जना यात्रु र चालक दलका सदस्य गरी १७५ जना रहेका थिए । उक्त विमानलाई धर्दिङ जिल्लामाथि २८ हजार फिटमा केही समय होल्ड गरिएको थियो ।

तर उक्त विमानलाई होल्ड गरेर पाइलटले अवस्था जाँच गर्दा सामान्य अवस्था रहेकोले उक्त विमान गन्तव्यतर्फ नै गएको नागरिक उड्डयन प्राधिकरण स्रोतले जनाएको छ । उक्त विमानलाई पाइलटले भारतमा मर्मतका लागि अवतरण गर्न सक्ने आंकलन गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !