२३ भाद्र २०८१, आइतबार

काठमाडौंबाट दुबई उड्ने क्रममा विमानमा चरा ठाेकिएकाे थियाे : फ्लाई दुबई


फ्लाइ दुबई

काठमाडौँ । फ्लाई दुबईले काठमाडौंबाट उड्ने क्रममा आफ्नो विमानमा चरा ठाेकिएकाे बताएको छ । दुबई मिडिया अफिसले फ्लाइ दुबई प्रवक्तालाई उधृत गर्दै सामाजिक संजाल ट्वीटरमा यस्तो जानकारी दिएको हो ।

फ्लाई दुबईका प्रवक्ताको भनाईलाई उधृत गर्दै दुबई मिडिया अफिसले लेखेको छ, ‘काठमाडौं विमानस्थलबाट दुबई इन्टरनेशनल एयरपोर्ट जाँदै गरेको फ्लाई दुबई उडान एफजेड ५७६ (FZ 576) काठमाडौंबाट उड्ने क्रममा चरा ठोक्किएको थियो ।’

यस्तै दुबई मिडिया अफिसले केही प्रक्रिया पुरा गरेर जहाज सुरक्षित रूपमा दुबईको स्थानीय समय अनुसार ००:१४ मा दुबई इन्टरनेशनल एयरपोर्टमा अवतरण हुने पनि जानकारी दिएको छ । उक्त विमान निर्धारित समयमा नै दुबईमा अवतरण हुने बताइएको छ ।

उक्त विमान अहिले दिल्लीको आकाशबाट पनि पार गरेर दुबईतर्फ उडिरहेको बताइएको छ । पाइलटले आफ्नो जहाज सुरक्षित रहेको त्रिभुवन विमानस्थलको एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका थिए ।

उक्त विमानलाई पाइलटले मर्मतका लागि भारतको नयाँ दिल्लीमा अवतरण गराउन सक्ने पनि आंकलन गरिएको थियो । जहाजको इन्धन घटाउनुपर्ने भएकाले जहाज दिल्ली पुर्याउने तयारी पाइलटले गरेको हुनसक्ने अनुमान गरिएको थियो ।

जहाजकाे एउटा इन्जिनमा लागेकाे आगाे निभाइसकिएकाे छ । उक्त विमानमा १६८ जना यात्रु र चालक दलका ७ सदस्य गरी १७५ जना रहेका छन् ।

उक्त विमानलाई धर्दिङ जिल्लामाथि २८ हजार फिटमा केही समय होल्ड गरिएको थियो । तर उक्त विमानलाई होल्ड गरेर पाइलटले अवस्था जाँच गर्दा सामान्य अवस्था रहेकोले उक्त विमान गन्तव्यतर्फ नै गएको नागरिक उड्डयन प्राधिकरण स्रोतले जनाएको छ ।

यो पनि पढ्नुहोस्

फ्लाई दुबईको जहाजले किन त्रिभुवन विमानस्थलमा अवतरण गरेन ?

इन्जिन फेल भएर आगलागी भएको फ्लाइ दुबईको विमानलाई दिल्लीमा अवतरण गराइने तयारी

इन्जिन फेल भएर आगलागी भएको भनिएको फ्लाइ दुबईको विमान गन्तव्यतर्फ नै लाग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !