![पाथीभरामा हेलिकोप्टर](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/19-Pathibhara-Helicopter-Yatri.jpg?fit=768%2C576&ssl=1)
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरेको छ ।
एउटा मात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट अनिवार्य गर्ने तयारी भएको र यसका लागि प्रस्ताव तयार पारेर सात दिनभित्र पेस गर्ने गरी पाँच सदस्यीय प्राविधिक टोली गठन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जीनियर प्रदीपकुमार अधिकारीले जानकारी दिए ।
पाइलट बेहोस हुने तथा अरु स्वास्थ्य समस्याका कारण हुनसक्ने दुर्घटनालाई मध्यनजर गरेर दुई पाइलटको व्यवस्था अनिर्वाय गर्न लागिएको उनले बताए । अहिले नेपालमा दुईवटा इन्जिन भएका हेलिकोप्टर र हवाईजहाजमा मात्रै दुई पाइलट अनिवार्य हुनुपर्ने व्यवस्था छ ।