१ मंसिर २०८१, शनिबार

पोखरादेखि जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन


तारा एयर

गण्डकी । गण्डकी प्रदेशको राजधानी पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरलाइन्सको विमान सम्पर्कविहीन भएको छ ।

पोखरा विमानस्थलबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोम उडेको जहाज सम्पर्कविहीन भएको पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले जानकारी दिए । विमानमा १९ यात्रु र चालक दलका तीन सदस्य रहेको जनाइएको छ ।

जहाजको खोजी सुरु भएको गौतमले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !