८ बैशाख २०८१, शनिबार

सरकारको निर्णय : जेठ १७ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने


वाइडबडी

काठमाडौं । नेपाल सरकारले अन्तर्राष्ट्रिय उडान थप २० दिन बन्द गर्ने निर्णय गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज मंगलबार विज्ञप्ती जारी गर्दै जेठ १७ गते मध्यरातसम्म अन्तर्राष्ट्रिय उडान बन्द निरन्तर रहने जानकारी दिएको हो ।

कोरोनाको महामारी नियन्त्रण गर्न यसअघि सरकारले वैशाख मसान्तसम्म सेड्युल उडानमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको थियो । सो प्रतिवन्ध लम्ब्याएर सरकारले जेठ १७ गते सम्ममा पुर्‍याइएको हो । यसबीचमा एयरलाइन्सहरुले मेडिकल उडान, चार्टर्ड र कार्गो उडानको अनुमति भने पाउने भएका छन् ।

मंगलबार पर्यटन मन्त्रालयमा भएको छलफलमा भारत बाहेकका अन्य देशमा गरिएको हवाई उडान बन्दलाई निरन्तरता दिएको हो । अर्को सूचना जारी नभएसम्म टिकट विक्री नगर्न र गरेको भए फिर्ता गर्नको लागि सरकारले बिमान कम्पनीहरुलाई आग्रह गरेको छ ।

सरकारको निर्णय : जेठ १७ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !