२ असार २०८१, शनिबार

मेरिङ्देन झरनाको प्रचारप्रसारमा युवा


मेरिङ्देन झरना

फुङलिङ । ताप्लेजुङको पर्यटकीय गन्तव्यहरुमध्ये पछिल्लो समयमा मेरिङदेन झरना प्रचारप्रसार गर्न युवा लागिपरेका छन् । ताप्लेजुङ एक जैविक विविधता भरिपूर्ण एक पर्यटकीयस्थल हो । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमाल, पाथीभरा मन्दिर, तिम्बुङपोखरी, फुङ्फुङ झरनाजस्ता प्राकृतिक जैविक विविधताले भरिपूर्ण भएको जिल्ला भए पनि कतिपय प्राकृतिक तथा धार्मिक महत्वका स्थलहरु ओझेलमा पर्दै आएको छ ।

मेरिङ्देन झरनाको प्रचारप्रसारमा युवा

मेरिङ्देन झरनाको क्षेत्रमा (ओसाङ्लुङमा) भन्ने स्थान रहेको र सो स्थानमा (बिजुवा) लिम्बू जातिकोे पुजारीको उत्पत्ति भएको मान्यता रहेको स्थानीयवासी आशिष केदम बताउनुन्छ । झरना भएको स्थानबाट नजीकै भएको भिरमाहुरी, मृग, थार, घोरल आदि जैविक विविधताको प्रत्यक्ष दृश्यावलोकन गर्न सकिने स्थान भएकाले एक आकर्षक आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने सक्ने केदम बताउनुन्छ ।

झरनाहरुको दृश्यावलोकनसँगै धार्मिक तथा जैविक विविधताको प्रत्यक्ष अवलोकन गर्न सकिने भएकाले पनि थप पर्यटकीयस्थल बन्न सक्ने सम्भावना रहेको छ । मेरिदेन झरनालाई प्रचार गर्दै मेरिङ्देन झरनासम्म जाने बाटो राष्ट्रिय युवा सङ्घ नेपाल मेरिङ्देनले चार किलोमिटर पदमार्ग निर्माण गर्नुभएको छ । ताप्लेजुङ सदरमुकामदेखि करीब ३० किलोमिटर गाडीमा र तीन घण्टा पैदल यात्रा गरेपछि मेरिङ्देन झरनासम्म पुग्न सकिन्छ । मेरिदेन झरना प्रचारमा आउँदै गरेकाले स्थानीय सरकार मेरिदेन गाउँपालिकाले अध्ययनका लागि प्राविधिक टोली लिएर जाने तयारीमा रहेको मेरिङ्देन गाउँपालिकाका प्रवक्ता सूर्य बराइलीले बताउनुभयो ।

पर्यटन प्रवद्र्धन गर्नका लागि मेरिङ्देन गाउँपालिकाभित्र प्रचारप्रसारको अभावमा रहेका स्थलहरुको खोजअनुसन्धान गरी आवश्यताअनुसार भौतिक संरचनाहरु निर्माणका साथै प्रचारप्रसार गर्नका लागि बजेट विनियोजन गर्ने गाउँपालिकाको योजना रहेको प्रवक्ता बराइलीले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !