३ पुस २०८१, बुधबार

पैसा ठूलो कुरा होइन इमान्दार भए लक्ष्मीले अवश्य साथ दिन्छिन्


लक्ष्मी
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

धन पैसाको अभावले आफ्नो पनि पराय हुँदोरहेछ भन्ने घटनाले देखाएको छ । बास्तबमा पैसाको मुख कालो हुन्छ । आफ्नोलाई पराय बनाउन छ भने पैसाको लेनदेन गर्नुहोस् यसको उदाहरण तुरुन्त पाउन सक्नुहुन्छ । आज जतिपनि घट्ना विकसित भए सवै पैसाका कारणले गर्दा भएको हो ।

देशमा भ्रष्टाचारका घटना घटेका छन्, यो सवै परिवारको सुख शान्तिका लागि भएका छन् । मान्छे गलत होइन सोच्ने क्षमता गलत हुन सक्छ । मान्छेको आवश्यकता गलत हुन सक्छ । यदि आवश्यकता नै नभएको व्यक्ती त्यो स्थानमा पुग्छ भने उसले गलत गर्न सक्दैन ।

आज युवा बेरोजगार हुनुको प्रमुख कारण पनि पैसा नै हो । हामीलाई धेरै पैसा कमाउनु छ, चाहे भ्रष्टाचार गरेर होस् वा मौकाको फाइदा उठाएर किन नहोस् भन्ने विचारले हरेक मानिसलाई जकेडेको छ । यदि हामीले सहि लक्ष्यमा अघि बढ्छौं भने सानो सानो बचतले ठूलो धनराशी प्राप्त गर्न सक्छौं ।

पैसा यस्तो चिज रहेछ जसले मानिसको नियतिलाई नै बिगार्न थाल्दछ । यही कुरा यदि हामीले एउटा गरीबलाई सोध्छौं भने एकछाक खान पुगे सन्तोष देखिएको हुन्छ तर एकजना धनाढ्यलाई यही कुरा हामी सोध्छौं भने हजुरलाई कति पैसा भए पुग्छ भन्ने प्रश्नमा उहाको जवाफ धेरै भए त्यसदिन निन्द्रा लाग्दैन भन्ने जवाफ हामीले पाएका हु्न्छौं ।

पैसाले संसारको सबैभन्दा महँगो बिछ्यौना किन्न सकिएला, सुविधा सम्पन्न गाडी किन्न सकिएला तर मिठो निन्द्रा किन्न नसकिने रहेछ । तर यति हुँदाहुदै पनि हामीलाई धनाढ्य बन्न इच्छा जागेको हुन्छ । धन प्राप्तिका लागि व्यापार नै सही माध्यम हुने केहि प्यापारीको अनुभव छ । हाम्रो पुरातन शास्त्रले भनेको छ, व्यापारमा लक्ष्मीको बास हुन्छ । इतिहास पल्टाएर हेर्ने हो भने पनि व्यापार गर्ने नै सफल छन् । दुई रुपैयाँमा सामान किनेर अढाई रुपैयाँ बेच्दा पक्कै कमाइ राम्रै हुन्छ ।

पैसाले मानिसलाई कहिल्यै पुग्दैन । हामी उद्योगी र व्यवसायी पनि एउटा उद्योगमा सन्तुष्ट नभएर धेरैभन्दा धेरै उद्योग र व्यवसाय गर्न चाहन्छौं । मानिसहरू बुढेसकालमा पनि पैसा कमाउन काम गरिरहेका हुन्छौं । धनीहरूको सूची निकाल्ने ‘फोब्र्स’ पत्रिकामा आफ्नो नाम लेखाउन अर्बपतिहरू दिनरात मेहनत गरिरहेका हुन्छन् । त्यसैले मानिसलाई पैसाले कहिल्यै पुग्दैन।

हरेक मानिसले कमाइ गर्ने थलो भनेको समाज हो, त्यसैले कमाएको पैसा सामाजिक कार्यमा लगाउन सकेमा मात्रै मानिसलाई पैसाले सन्तुष्टि मिल्छ । नत्र कमाएको पैसाले मानिसलाई राम्रोसँग निद्रा पनि लाग्दैन । सामाजिक कार्य र पैसा एकअर्काका परिपूरक अंग हुन् ।

पैसालाई सही ठाउँमा सदुपयोग गरियो भने त्यसले फलिफाप गर्न सक्छ, त्यसका लागि आफूले कमाएको धनको स्रोत खराब हुनुहुँदैन, नराम्रो कामको परिणाम नराम्रै हुन्छ । त्यसैले असल काम गरेर कमाएको धनले मात्रै मानिसलाई सुखी बनाउँछ ।

यो पनि पढ्नुहोस्

पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने छैन

सुखी को ? सम्पत्ति नै सुखको आधार हुनसक्छ भन्ने भ्रममा नपरौं

सुखी को ? सम्पत्ति नै सुखको आधार हुनसक्छ भन्ने भ्रममा नपरौं

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !