११ बैशाख २०८१, मंगलबार

सुखी को ? सम्पत्ति नै सुखको आधार हुनसक्छ भन्ने भ्रममा नपरौं


सम्पत्ति
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

सम्पत्ति नै सुखको आधार हुनसक्छ भन्ने भ्रममा नपरौं । यसले दु:ख, पिडा र मानसिक टेन्सन आदि पनि थप्न सक्छ । यो युगमा सुखी को हुन सक्छ ? सुखी त्यसलाई भन्दछन् जसलाई सवै कुरा पुगेको होस् । मलाई लाग्दैन यस्तो कुनै मान्छे होला जस्तो । आज प्रशस्त धन पैसा हुनेलाई हामी सुखीको श्रेणीमा राखेका छौं । तर त्यो भन्दा दुखी मान्छे मैले अरू कोही देखेकै छैन ।

लोभको घडा जीवनमा कसैले भोर्न सक्दैन यो कटु सत्य हो । आज हरेक मान्छेलाई एक छाक खान र लाउन पुगे हुनेथियो तर यो सम्भव छैन । एउटा व्यक्तिको आडमा १० जना परिवार पाल्ने बोझ हरेक नेपालीले उठाउने गरेको देखिन्छ ।

यसको ठोस कारण हो – बेरोजगार । यदि बेरोजगार नभएको भए कोही खाली हुने थिएनन् । यसले ठूलो बोझमा बाचेकालाई राहत दिने थियो । मानिस किन यति स्वार्थमा डुब्दै गए हेर्दा सुन्दा दिक्क लागेर आउछ ।

थुप्रै धन सम्पत्ति भएर पनि यो धर्तीमा को सुखी रहेछ ? मर्ने बेलामा लगाएको लुगा समेत छोडेर जानुपर्ने रहेछ । यो सवै जान्दा जान्दै पनि मानिस किन यति स्वार्थमा डुब्दैछन् । भनिन्छ “सन्तोषम् सुखिनम असोन्तोसम दुखिनम” जहाँ सन्तोष छ त्यहाँ सुखी छ, जहाँ सन्तोष छैन त्यहाँ दु:ख छ ।

पूर्वजन्ममा हामीले राम्रो काम गरेर यो जन्ममा आयौं, त्यसैको फल आज हामीले भोग्दैछौ । दु:ख र सुख भन्ने कुरा लिएर आउनुपर्छ । पूर्वजन्ममा नराम्रो काम गरेर आएका रहेछौं भने लाख कोसिस गर्दा पनि हामीले सुखको भोग गर्न पाउने छैनौं ।

सुखी त्यो मान्छे हो जसको अघि पछि कोही छैन । उ लोभमा फसेको छैन भने उ सुखी छ । यदि उ लोभमा छ भने उ पनि दुखी छ भनेर हामीले बुझ्न आवश्यक छ । यो जन्ममा राम्रो क्रम गर्न सके अर्को जन्ममा राम्रो घरमा जन्म हुन सक्छ तर जन्म स्वार्थको लागी नभई सामाजिक हितको लागी भएको थियो तर हामीले लोभ र लालचमा सवै भुलेयौ यो नै एउटा विडम्बना थियो ।

यो धर्तीमा स्वर्ग र नर्क यही छ । राम्रो काम गर्दै जान्छौं भने स्वर्ग छ भने नराम्रो काम गर्छौं भने नर्क यही छ । राम्रो कामको प्रशंशा राम्रो हुन्छ, उ मरेर गएपनि उ अमर हुन्छ । आज यो धर्तीमा जन्मने सौभाग्य पाएर पनि हामी केवल सामाजिक स्वार्थमा डुब्नुपर्नेमा आफ्नै स्वार्थमा डुब्दैछौं ।

यो पनि पढ्नुहोस् 

हिन्दू धर्म संस्कृतिका राम्रा पक्षहरु

सच्चा देशभक्त राजनेताको पर्खाइमा नेपाल आमा

नेपालको विकास किन हुन सकेन ? यसको ठोस कारण के हुन सक्छ

नेपाल चाहेमा स्विट्जरल्याण्ड बन्न सक्छ, तर गफ होइन काम गरौ

हाम्रो संस्कृति परिवर्तन भएको रहेनछ तर हामी परिवर्तन भएका रहेछौं

मन्त्र र तन्त्रमा के शक्ति छ ? मन्त्र र तन्त्र विज्ञान हो, धर्म वा अन्धविश्वास होइन

नेपालमा शान्ति खलबलाउने मूख्य कारण सनातन धर्म संस्कृतिको अपमान

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !