२० पुस २०८१, शनिबार

पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने छैन


पैसा
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आज समग्र मानिस यति बेला पैसाको पछाडी भागिरहेको छ । मानिसका लागि जसरी मृत्यू अन्तिम सत्य हो, त्यसरी नै पैसा कमाउनु पनि अन्तिम सत्य सावित भएको छ । मानिसहरु पैसाको पछि दौडिरहेका छन् । मानिसका लागि के राम्रो के नराम्रो जसरी हुन्छ पैसा कमाउन पछि परेका छन चाहे भ्रष्टाचार गरेर होस् या इमानदारीपूर्वक किन नहोस् ।

तर, पैसा कमाउन त्यति सजिलो छैन, पैसा कमाउन इमान्दारी, लगनशिल, कर्तव्यनिष्ठ, मेहेनती समयलाई चिन्न सक्ने, लगानीका क्षेत्र पहिचान गर्न सक्ने खालको हुनुपर्छ । पैसा कमाउन पढेकै हुनुपर्छ भन्ने छैन तर सिप हुनुपर्छ । सिप भएको मान्छेले पैसा कमाउन सक्छ यसमा दुईमत छैन ।

केहि विद्वानहरूले पैसा कमाउन त्यति सजिलो छैन यदि सकिने भए आज संसारका सबै मानिस धनी बन्थे होलान् भन्ने जीकिर गरेको पाइन्छ यही कारण धमाधम पढे लेखेका विदेश पलायन भएका घटनाहरु सुन्न र देख्न सकिन्छ । यो नै सवैभन्दा ठूलो कमजोरी हो भन्दा फरक छैन ।

हिन्दू धर्म अनुसार लक्ष्मी पैसाको प्रतिक हुनुहुन्छ । लक्ष्मीलाई आफ्नो घरमा बास बसाउन वर्षमा १ दिन मात्र पुजा गरेर हुँदैन् । जहाँ अशान्ती र फोहोर छ, इमान्दारीता, मेहेनत र लगनशिलता छैन त्यस्तो ठाउँमा लक्ष्मीले वास गर्दिनन् । वास गरिहालेमा पनि धेरै दिन टिक्न सक्दिनन् ।

व्यवसाय गर्नेले इमान्दारीपूर्वक व्यवसाय गर्नुपर्छ । व्यवसायमा एउटा सिद्धान्त हुन्छ, ‘रिजोनेवल प्रोफिट’ । ठिक्क नाफा लिएर समान बिक्री वितरण गर्न सकेमा एकपटक आएको ग्राहक सधैभरी आइरहन्छ । ठिक्क मूल्यमा गुणस्तरीय वस्तु उपलब्ध गराएर ग्राहकलाई खुसी पार्न सक्ने हो भने टाढाको ग्राहक पनि पेट्रोल खर्च गरेर भएपनि आउँछ ।

मानिसमा इमान्दारीता, लगनशिलता र मेहनत र शिक्षा भने अवश्य हुनुपर्छ । यस्तो भएमा जुन क्षेत्रमा लागेपनि लक्ष्मी अर्थात धन कमाउन सकिन्छ । बिल गेट्सले शून्यबाट शुरु गरेर पनि आज संसारको सबैभन्दा धनी व्यक्ति बन्नुको कारण उहाँको लगनशिलता मेहेनत, इमान्दारीता नै रहेको थियो यो कुरा आजका युवाले बुझ्न सकेका छैनन् ।

हामीमा नत लगनसिल्ता छ नत अनुभव नै । हामीले गरेको व्यवसाय चाहे सानो होस् या ठूलो बचत गर्ने बानीको विकास भए नसोचेको सफलता उठाउन सकिन्छ । हामीमा धैरता छैन चाडो पैसा कमाउन चाहांन्छौं यहि नै सवैभन्दा ठूलो कुरा छ । विदेशमा गएर ८ घण्टाको सट्टा १६ घण्टा काम गर्छौं यदि यो मेहनत स्वदेशमै प्रयोग गर्छौं भने यहाँ के छैन ।

लक्ष्मीलाई दाहिने बनाउन व्यपा रमात्रै गर्नुपर्छ भन्ने छैन् । सेवा क्षेत्रबाट पनि प्रशस्त धन कमाउन सकिन्छ । बैंकका सिईओहरुले करोडौं रुपैयाँ खान्छन्, एउटा कन्सलटेन्सी गर्नेले मनग्गे पैसा कमाएको हुन्छ । किसानले पनि राम्रोसँग मेहेनत गरेर काम गर्‍यो भने त्यसैबाट मनग्गे पैसा कमाउन सक्छ । हरेक क्षेत्रमा पैसा लुकेर रहेको हुन्छ । पैसालाई कुन क्षेत्रमा लागेर कसरी आफ्नो बनाउने भन्नेतर्फ सोच्न सक्ने खुबी आफुमा हुनुपर्छ र सफलता हात लाग्नेछ ।

यो पनि पढ्नुहोस् 

सुखी को ? सम्पत्ति नै सुखको आधार हुनसक्छ भन्ने भ्रममा नपरौं

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !