९ मंसिर २०८१, आइतबार

हामी सबै एक हौं, भेदभाव नगरौं


हामी सबै एक हौं, भेदभाव नगरौं
अब्दुल रहमान
अब्दुल रहमान

हामी नेपालीहरु सदियौदेखि मिली आयौ सँगै दशैको टिका नि लगायौ र ईदमा सवै र बिर्यानी पनि खायौ । देशमा परी आएको बेला न हिन्दु न मुस्लिम भनी काँधमा काँध मिलाएर हिडयौ र हरेक कठिन परिस्थितिमा संगै उभियौ । धार्मिक सहिष्णुता कायम गरी राष्ट्रिय एकता दह्रो बनाऔ ।

नेपाल एकिकरणदेखि लिएर गणतन्त्र ल्याउँदासम्म सगै लड्यौ । कोही कसैको मृत्यु हुँदा दागबत्ती र मट्टी पनि दियौ । चाहे हिन्दु दिदीबहिनी हुन् या मुस्लिम हामीले राखी बन्धन र भाईटिका लगाएर दिदीबहिनीको रक्षा गरेका छौ । तीज, छैठ र रमजानको व्रत हामीले सगै मिलेर मनाएका छौ तर आज कोरोना भाइरस ( कोभिड-१९) सगँ लड्न हामी किन हिन्दु र मुस्लिम गरी रहेका छौ ??

रोग कुनै धर्म वा जात हेरेर लाग्ने कुरा हैन यदि मुस्लिम समुदायबाट कोरोना फैलाउने कार्य भएको भए सबैभन्दा धेरै जोखिम त मुस्लिम समुदायलाई नै छ तर कसैकसैले हामी बीच दंगा गराउने प्रयास गरिरहेका छन् ।

कुरा रहयो जमातको जमात एक सदियौदेखि चलिआएको हो यसले हामी मुस्लिम समुदायमा इस्लामिक तौरतरिका, समाजमा बिग्रेर हिडेका युवाहरुलाई माया र सदभावले इस्लामिक तरिकाले हिन्ने बाटो देखाउछ र जुन कुरा लुकेर बसेको छ ।

भनिएको छ त्यो सरासर गलत र अफवाह हो जमात भनेको ३ दिनको, ४० दिनको, ४ महिनासम्मको हुन्छ जसमा घर परिवार छोडेर मुस्लिम समुदायबीच गएर इस्लामिक तरिका सिकाउने गर्दछ र यहि क्रममा विभिन्न ठाउँको मस्जिदमा बस्दै आएका हुन्छन् न कि कुनै समुदायभित्र गएर इस्लामको प्रचार गर्छन तर तत्कालै लकडाउन लागेकोमा उनीहरु त्यहाँ अड्केका हुन न कि कोरोना फैलाउन आएका हुन ।

यदि कुनैपनि मुस्लिम समुदायबाट जानी-जानी यस्तो गल्ती गरिएको छ भने तत्काल नै कडा भन्दा कडा कारवाही गरियोस् तर दुई चार जनाको कारण समुदाय नै बदनाम नगरियोस् । आउनुस हामी सबै नेपाली एक भई काँधमा काँध मिलाएर कोरोना जस्तो रोगसगँ लडौं । सबै सुरक्षीत रहौं, सजग रहौं ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !